प्रधासेनापति थापा र अमेरिकी सेनाका प्रमुखबीच भेटवार्ता

प्रधासेनापति थापा र अमेरिकी सेनाका प्रमुखबीच भेटवार्ता

अमेरिका भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले युएस आम्र्स फोर्सका भाइस चेयरम्यान अफ जोइन्ट चिफ अफ स्टाफ जनरल पाउल जे सेल्भासँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानसेनापति थापाले सेल्भासहित अमेरिकी रक्षा मन्त्रालयअन्र्तगत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग समेत भेटवार्ता गर्नुभएको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ । भेटवार्ताको क्रममा प्रधानसेनापति थापा र दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरु बीच द्धिपक्षीय हित, आपसी सहयोग तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रधानसेनापति थापा र जनरल पाउलबीच अमेरिकी सेना र नेपाली सेनाबीच आगामी दिनमा तालिम र उच्चस्तरिय भ्रमण आदान प्रदान र संयुक्त सैन्य अभ्यास गर्ने विषयमा समेत छलफल भएको बताइएको छ । उँहाले शान्ति स्थापनामा नेपाली सेनाले ठुलो योगदान पुर्याएको भन्दै राष्ट्रसंघको उच्चस्तरको नियुक्तीको लागी समेत सहयोग गर्न अमेरिकी सैनिक नेतृत्व समक्ष प्रस्ताव राख्नुभएकाे थियाे ।

त्यसका साथै प्रधानसेनापति थापा संयुक्त राष्ट्र संघको न्युर्योकस्थित मुख्यालयमा आयोजित वुमन पिस एण्ड सेक्युरिटी सेमिनारमा सहभागि भएका थिए । उक्त सेमिनारको उद्देश्य विश्वका सेना प्रमुखहरु सहितको संजाल विकास गर्नु रहेको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा भएको सो सेमिनारमा ४४ मुलुकका सेना प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रधानसेनापति थापा औपचारिक कार्यक्रम सम्पन्न गरी श्रावण ०१ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.