प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

प्रधानसेनापति थापा संयुक्त राष्ट्रसंघको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको औपचारिक भ्रमण सकेर मंगलबार स्वदेश फिर्ता हुनुभएकाे छ ।

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्म्ड फोर्सले असार २५ गते आयोजना गर्ने फर्स्ट वुमन, पिस एण्ड सेक्युरिटी (डब्लुपिएस) सिएचओडिएस नेटवर्क मिटिङमा सहभागी भई उँहा स्वदेश फिर्ता हुनु भएकाे हाे ।

भ्रमणको दौरानमा प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघ मुख्यालयमा विश्व शान्तिका लागि नेपाली सेनाले क्षमता बढाउँदै लैजाने जानकारी गराउनु भएकाे थियाे । संयुक्त राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा आयोजित वरिष्ठ सैनिक अधिकारीको बैठकमा उँहाले नेपाली सेनाको संख्या अनुरूप उच्च पद पाउनुपर्नेमा समेत जोड दिनुभयाे ।

दुई-दुई वर्षमा आयोजना हुने विश्वभरका वरिष्ठ सैनिक अधिकारीको महत्त्वपूर्ण मानिने यो बैठकमा उँहाले नेपाली स्वयं शान्तिप्रेमी रहेकाले पनि शान्तिको पहलकदमी गरिरहने उल्लेख गर्नुभयाे । उच्चपदस्थ सैनिक अधिकारी सहभागी बैठकमा शान्ति स्थापनार्थ सेनाले खेलेको भूमिका, द्वन्द्वग्रस्त मुलुकमा सेनाको सहभागिता, सेनालाई चाहिने आवश्यक तालिम, आवश्यक सामाग्री लगायतका विविध विषयका छलफलमा नेपालको प्रशंग निकै आएको थियो।

१०८ भन्दा बढी मुलुकका वरिष्ठ सैनिक अधिकारी सहभागी (डब्लुपिएस) मा प्रधानसेनापति थापाले नेपाली सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिका बारे विश्व समुदायलाई जानकारी गराउनु भएकाे थियाे ।

राष्ट्रसंघीय मुख्यालयको बैठकमा उँहाले सरकारको नीति अनुरुप संयुक्त राष्ट्र संघअन्र्तगतका मिसनमा शान्ति सैनिकको सहभागिता बढाउने स्पष्ट पार्नुभयाे। ‘अहिले पाँच प्रतिशत पठाइरहेकोमा कोटा पाए थप पाँच प्रतिशत सेना पठाउन सक्छौं’, प्रधानसेनापति थापाले भन्नुभयाे, ‘सरकारले नै सेनाको संख्याको १० प्रतिशत शान्ति सेनामा पठाउन सक्ने निर्णय लिएको छ।’

अमेरिका भ्रमणको दौरान प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघ मुख्यालयमा कार्यरत विशिष्ट व्यक्तित्वहरु लगायत Department of Defense -DoD_ df US Armed Forces sf Vice Chairman of the Joint Chiefs of Staff General Paul J= Selva / DoD अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएकाे थियाे ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रधानसेनापति थापा राष्ट्रसंघको औपचारिक भ्रमणका लागी असार २३ गते संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुभएकाे थियाे ।

 

 

 

 

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.