प्रधानसेनापति र मित्रराष्ट्र बंगलादेशका माज गेन नकिब अहमद चौधरी बीच भेटवार्ता

प्रधानसेनापति र मित्रराष्ट्र बंगलादेशका माज गेन नकिब अहमद चौधरी बीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बंगलादेशको National Defence College (NDC) को भ्रमणदलका प्रमुख Maj Gen Naquib Ahmed Chowdhury, BSP, ndc, psc ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

सो अवसरमा उहाँहरुबीचमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भेटवार्ताको कार्यक्रम पश्चात भ्रमणदललाई जंगी अड्डािमा नै श्री युद्धकार्य निर्देशनालयबाट नेपाली सेनाबारे जानकारी मूलक ब्रिफिङ्ग भएको थियो ।

मित्रराष्ट्र बंगलादेशी सेनाका Maj Gen Naquib Ahmed Chowdhury को नेतृत्वमा २७ सदस्यीय भ्रमण दल श्रावण ०४ गते नेपाल भ्रमणको लागि काठमाण्डौं आईपुगेको हो ।

उक्त भ्रमणदलले राष्ट्रिय सुरक्षा परिषद् लगायत पोखरास्थित पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नुका साथै नेपालका केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । उक्त भ्रमणदल नेपाल भ्रमण सम्पन्न गरी श्रावण ०९ गते बंगलादेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.