नेपाली सेनामा पृतनापतिहरुको सरुवा, को–कहाँ ?

नेपाली सेनामा पृतनापतिहरुको सरुवा, को–कहाँ ?

नेपाली सेनामा पृतनापतिहरुको सरुवा भएको छ । सैनिक स्रोतकाअनुसार सेनाका पृतनापतिसहित बिभागीय प्रमुखहरुको हेरफेर भएको हो । 

सरुवा हुनेमा उपरथीहरु अनन्त कार्की,सुवर्ण शाह र ताराध्वज पाण्डे रहेका छन् । उपरथी कार्कीले पुर्वी पृतना, पाण्डेले मध्य पृतना र शाहको कार्यरथी विभागमा सरुवा भएको छ । 

उपत्यका पृतनापति रहेका उपरथी निरन्जन श्रेष्ठलाई निरीक्षणाधिकृतको  समेत जिम्मेवारी तोकिएको सैनिक स्रोतले जनाएको छ । 

यता पुर्वी पृतनापतिको जिम्मेवारीमा रहेका उपरथी समीर शाही बिदामा वस्ने तयारीमा रहेको बताइएको छ । शाही २०७६ भदौ ३ गते अवकास हुने भएकाले साउन १८ गते नै बिदामा वस्ने तयारीमा छन् ।

सेनामा अवकास हुनुभन्दा १५ दिन अघि बिदामा बस्न प्रचलन छ । 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.