पूर्वमाओवादी लडाकुले पाए सैनिक अदालतबाट १० वर्ष जेल सजाय

पूर्वमाओवादी लडाकुले पाए सैनिक अदालतबाट १० वर्ष जेल सजाय

नेपाली सेनाले पूर्वमाओवादी लडाकुलाई १० वर्ष जेल सजाए तोकेको छ । शसशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाबाट भागेर जनमुक्ति सेनामा प्रवेश गरेका गोरखा, आरुघाट–९ का शक्ति गुरुङ (विक्रम) लाई सैनिक अदालतले १० वर्ष जेल सजाय तोकेको हो ।

नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले गुरुङलाई भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने गरी सैनिक अदालतले फैसला सुनाएको पुष्टि गरे । ‘२०६३ साल साउन ३० गते उनी हतियारसहित भागेका गुरुङलाई १३ वर्षपछि जेल सजाय सुनाइएको हो ।

उनका अनुसार सैनिक ऐन, २०६३ मा भएको हातहतियार, गोलीगठ्ठासहित भगौडा सम्बन्धी कसूरमा मुद्दा चलेको थियो ।

अदालतको फैसलालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि गुरुङलाई जिल्ला कारागार चितवन पठाइएको छ ।

गुरुङ परिवारका सदस्यले भने माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सेनाले गरेको फैसला न्यायोचित नभएको जनाएको छ । फैसलाविरुद्ध पूर्वमाओवादी नेताले पनि नबोलिदिएको उनीहरु गुनासो गर्छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.