सेनाका चार जना अधिकृत एनडिसीका लागि छनौट

सेनाका चार जना अधिकृत एनडिसीका लागि छनौट

नेपाली सेनाका चार जना अधिकृत नेशनल डिफेन्स कोर्स (एनडिसी) का लागि छनौट भएका छन् । सैनिक मुख्यालयले सहायकरथीहरु चोकबहादुर ढकाल, सुनिल श्रेष्ठ र विजय थापालाई एनडिसी कोर्सका लागी छनौट गरेको हो ।

त्यसैगरी महासेनानी नकुल रायामाझी समेत एनडिसीका लागी छनौटमा परेका छन् । 

चारै जना सैनिक अधिकृत अगष्ट अन्तिममा एनडिसी गर्न चीन जाने तयारीमा छन् । नेपाली सेनामा सहायकरथीबाट उपरथी हुन् एनडिसी कोर्स अनिवार्य गर्नुपर्ने प्रावधान छ । 

एनडिसीका लागी छनौट भएका सहायकरथीहरु ढकाल, श्रेष्ठ र रायामाझी २८ वेसिकका सैनिक अधिकृत हुन् भने महासेनानी थापा २७ वेसिकका सैनिक अधिकृत हुन् । 

चीनले नेपाली सेनालाई प्रत्येक वर्ष एनडिसीका लागी चार जनाको कोटा उपलव्ध गराउँदै आएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.