नेपाली सेनाले ७७ वटै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने
नेपाली सेनाले ७७ वटै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ ।
नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरी सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो ।
पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक स्कुलहरुको स्थापना गर्ने नीतिअनुरुप प्रदेश नम्बर २ अन्तर्गत महोत्तरीको बर्दिवासमा स्कुल निर्माण कार्य सम्पन्न भैसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।
उहाँले सेनाले आफ्ना हितकारीका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकून भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा विद्यालय खोल्ने योजना रहेको बताउनुभयो ।
निर्देशनालयले कोष अन्तर्गत सञ्चालित विद्यालय महाविद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण र सिकाइमा नवीनतम् प्रविधिको प्रयोग गरि सबै कक्षाहरुमा मल्टिमिडिया प्रोजेक्टरलगायत अन्य प्रविधिहरुको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरोन्नति तथा ‘ल्याङ्ग्वेज ल्याब’को व्यवस्था गर्ने योजना पनि अघि सारेको छ ।
निर्देशनालयले काठमाण्डौ उपत्यकाभित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वरी विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ ।
वहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनका आश्रित परिवारहरुलाई कोषले २०३४ सालदेखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी शिक्षा तथा सीप र स्वरोजगारमूलक विभिन्न कार्यक्रमहरु पनि निर्देशनालयले सञ्चालन गर्दै आएको छ ।
अरु समाचार
सेनाका विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौंको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान...
प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र...
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप र...
सुर्खेतको जनताको उपचारमा नेपाली सेना
सुर्खेतको जनताको उपचारमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संच...
प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन
प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली गरे पछि सकल दर्जालाई...
नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम...
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका ...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका लागि सिफारिसमा परेका छन। ...
सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ
चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिर...
नयाँ प्रधानसेनापतिलाई नियुक्तिपत्र
रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मा...