प्रधानसेनापति पूर्णचन्द्र थापाको एक बर्ष पुरा, नेपाली सेना थप उत्साहित
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व गर्नुभएको एक वर्षमा नेपाली सेनामा नीतिगत र सङ्गठन सुधारका महत्वपूर्ण कार्यबाट सेनाको सकल दर्जामा आशा र उत्साह जागृत भएको छ ।
सङ्गठन भित्रका विकृति र विसङ्गतिलाई जरैदेखि हटाइ पारदर्शी र स्पष्ट आर्थिक सुशासन कायम गर्ने सन्दर्भमा यो अवधि निकै महत्वपूर्ण भएको बताइएको छ । सेनाले आर्थिक अनुशासनमा कडाइ गर्ने सिलसिलामा बजेटको सदुपयोग नगर्ने तथा आर्थिक सुशासन कायम नगर्ने जो कोहीलाई पनि कडा कारवाही गरिने नीति अबलम्वन गरेको छ ।
प्रधानसेनापति थापाले २०७५ भदौ २४ गतेदेखि नेपाली सेनाको नेतृत्व सम्हाल्दै आउनु भएकाे छ । आर्थिक सुशासन कायम भएको सुनिश्चित गर्न र बजेटको सदुपयोगका सम्बन्धमा एकिन गर्न प्रधानसेनापतिबाट उच्चस्तरीय आन्तरिक समिति गठन गरी गत आर्थिक वर्षको बजेट सदुपयोग भए नभएको बारेमा प्रतिवेदन तयार गर्न पहल गरिएको छ ।
सात वटा लक्ष्य र १५१ कार्य समेटिएको ‘कमाण्ड मार्ग’ निर्देशन जारी गरी काम प्रारम्भ गर्नुभएका प्रधानसेनापति थापाले साङ्गठनिक शुद्धीकरण र आर्थिक अनियमिता रोक्न भ्रष्टाचारप्रति शून्य सहिष्णुताको नीति कार्यान्वयनलाई विशेष जोड दिनुभएकाे छ ।
सेनाले बजेट कार्यान्वयन गर्ने निकायबाट ठिक ढङ्गबाट कार्यसम्पादन भए नभएको परीक्षण गर्न टोली बनाइ अनुगमन निरीक्षणको थालनीका साथै बजेट आचारसंहिता र बजेट आन्तरिक निर्देशिका प्रकाशन गरी लागू गरेको जनाएको छ ।
पुराना बेरुजु फछ्र्यौट गर्न र आगामी दिनमा बेरुजु हुन नदिन उच्चस्तरीय समिति गठन गरी कार्य प्रारम्भ गरिएको, तालुकदार मन्त्रालयको बजेट सूचना प्रणालीसँग मेलखाने गरी बजेट सूचना प्रणाली कार्यान्वयनमा ल्याइएको सेनाले जनाएको छ ।
पद्धति र प्रणालीमा आधारित व्यवस्थापन स्थापित गर्न तथा शान्तिसेना, बढुवा र सरुवा नातावाद तथा कृपावादको अन्त्य गर्न पनि वर्तमान नेतृत्वले काम गरिरहेको छ । छलफलमा आधारित योजना र निर्णय लिने प्रणालीको विकास, सूचना प्रविधिमैत्री सङ्गठन, तोकिएको जिम्मेवारी समयमै पूरा गर्ने पद्धति, भर्ना छनोटलाई वैज्ञानिक र व्यवस्थित गर्ने विषयलाई प्राथमिकतामा राखेर सेनाले काम गरिरहेको छ ।
सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ तथा ‘एक नागरिक, एक फलफूल बिरुवा’को अवधारणालाई सार्थक तुल्याउन ‘भिजन २०३०’ र ‘एक जवान, एक फलफूलको बिरुवा’ कार्यक्रम अघि बढाइएको सेनाले स्पष्ट पारेको छ । यस्तै सेनाले हरेक ब्यारेकमा प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्ने र चुरे संरक्षणका क्षेत्रमा समेत काम गर्दै आएको छ ।
राष्ट्रिय सुरक्षामा सबैको साझा धारणाको विकास, ऐतिहासिक किल्ला र गढीको संरक्षण, प्रभावकारी गुनासो व्यवस्थापन, समानता र समतामा आधारित कल्याणकारी कार्यको थालनी, पर्यावरण संरक्षण र सुरक्षामा योगदान पनि वर्तमान सैनिक नेतृत्वबाट शुरु गरिएका नवीनतम् कार्य हुन ।
प्रधानसेनापति थापाको कार्यकालको एक वर्षमा शान्ति सेना छनौट निर्देशिका, वार्षिकोत्सव सञ्चालन कार्यविधि, सैनिक आचारसंहिता सङ्ग्रह, नेपाली सेनाको बजेट आचारसंहितालगायत करीब १५० भन्दा बढी विविध कार्यविधि, निर्देशिका, परिपत्र जारी गरी कार्यान्वयनमा ल्याइएको सेनाले जनाएको छ ।
राष्ट्रिय सुरक्षा नीति २०७५ जारी भएको, प्रतिरक्षा नीति मस्यौदा तयार भइरहेको, अबको सेना कस्तो हुने भन्ने परिकल्पना गरिएको र ‘नेपाली आर्मी भिजन सन् २०३०’ को मस्यौदा तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ ।
कमाण्ड प्रतिबद्धतालाई कुनै पनि कमाण्डरको वार्षिक कार्य सम्पादन मूल्याङ्कनसँग समेत जोडिने हुँदा कार्य सम्पादनमा अझै बढी निखारता आउने विश्वास गरिएको छ । सरकारले ल्याएको कार्यसम्पादन सम्झौता कार्यान्वयनमा ल्याएबाट सेनाले चालेको अवधारणालाई थप ऊर्जा मिलेको सेनाले जनाएको छ ।
अरु समाचार
सेनाका विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौंको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान...
प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र...
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप र...
सुर्खेतको जनताको उपचारमा नेपाली सेना
सुर्खेतको जनताको उपचारमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संच...
प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन
प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली गरे पछि सकल दर्जालाई...
नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम...
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका ...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका लागि सिफारिसमा परेका छन। ...
सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ
चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिर...
नयाँ प्रधानसेनापतिलाई नियुक्तिपत्र
रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मा...