प्रधान सेनापति थापाद्वारा आफ्नो सम्पत्ति विवरण सार्वजनिक (विवरणसहित)

प्रधान सेनापति थापाद्वारा आफ्नो सम्पत्ति विवरण सार्वजनिक (विवरणसहित)

प्रधान सेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएकाे छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो १ वर्षे कार्यकालमा सम्बोधन गर्दै प्रधानसेनापति थापाले आफू र आफ्नो परिवारको नाममा रहेको चल–अचल सम्पत्ति विवरण सार्वजनिक गर्नुभएकाे हाे ।

उँहाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) को प्रयोजनका लागि भन्दै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएकाे हाे ।

आफूले स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गरेको उल्लेख गर्दै नेपाली सेनाका उच्च अधिकारीलाई स्वेच्छिक रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गर्नुभयाे । प्रधान सेनापति थापाले काठमाडौं, लम्जुङ, नवलपरासीलगायतका स्थानमा रहेको जग्गाको विवरण, सुन, चाँदी र हिराका गहना, बैंक, वित्तीय संस्थामा रहेको नगद, धितोपत्र, शेयरसहित बैंकबाट लिएको ऋणको पनि विवरण खुलाउनु भएकाे छ ।

थापाले श्रीमती दिपा थापा र छोरी रुरु थापाको नाममा रहेको सम्पत्ति पनि सार्वजनिक गर्नु भएकाे छ ।

थापासँग ५५ तोला सुन, ५९० तोला चाँदी र करिब १० लाख रुपैयाँमा खरिद गरेको हिराको हार र औंठी रहेको विवरण सार्वजनिक गर्नुभएकाे छ ।

प्रधान सेनापति थापाकाे आफ्नो सम्पत्ति विवरण

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.