जनमुक्ति सेनाबाट समायोजन भएका यमबहादुर बने सहायक रथी

जनमुक्ति सेनाबाट समायोजन भएका यमबहादुर बने सहायक रथी

सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सहायक रथीमा बढुवा गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरिएको बताउनुभयाे ।

अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो ।

शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने अवस्थामा रहेकाले मनोबल गिर्न नदिन सरकारले यस्तो निर्णय गरेको हुनसक्ने सैनिक अधिकृतहरु बताउँछन् ।

दुई जनाको महासेनानीमा बढुवा

मन्त्रिपरिषदको सोही बैठकले दुई जना प्राविधिक सेनानीलाई महासेनानीमा बढुवा गरेको छ ।

बढुवा हुनेमा बानिरा थापा र अमुल कार्की ढली छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.