बेलायतमा भएको ३४ देशको सैन्य अभ्यासमा नेपाली सेना उत्कृष्ट

बेलायतमा भएको ३४ देशको सैन्य अभ्यासमा नेपाली सेना उत्कृष्ट

बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ । प्रमुख सेनानी अशिम देव गुरुङको नेतृत्वमा ६ असोजमा गएको टोलीले पदक जितेको हो ।

असोज २४ बाट बेलायतको वेल्स ब्रेकनमा सञ्चालन भएको ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०१९’ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको हो ।

उक्त अभ्यासमा बेलायती सेनाको तर्फबाट १०६ र नेपालसमेत अन्य ३४ देशका गरी १४० सैन्य टोलीको सहभागिता रहेको थियो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसारउक्त अभ्यासमा सबैभन्दा उत्कृष्ठ प्रदर्शन गर्दै सेनाले स्वर्ण पदक जितेको हो ।

सेनाले यो अभ्यासमा सन् २०१४ बाट भाग लिँदै आएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.