सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

बैतडीमा सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको हेलीकप्टरबाट उद्धार गरिएको छ ।

जिल्लाको सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउँदको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी मंगलबार बाँकेको कोहलपुर मेडिकल कलेज पुर्याइएको हो ।

प्रसुती सेवा केन्द्र लेकममा बच्चा जन्माएकी साउँदको अत्यधिक रक्तस्राव भएपछि उद्धार गरिएको हो । उनलाई राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयाे ।

सुत्केरीको साथमा रहेका प्रसुती सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहराका अनुसार साउँदको अवस्था सामान्य रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.