नेपाली सेनाद्वारा जाजरकोट–डोल्पा सडक हस्तान्तरण
नेपाली सेनाले ट्रयाक खोलेको एक वर्षपछि जाजरकोट डोल्पा सडक औपचारिकरुपमा सडक विभागलाई हस्तान्तरण गरेको छ ।
सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गण घ गुल्ममा औपचारिक कार्यक्रम गरेर नेपाली सेनाले जाजरकोट डोल्पा–सडक सडक विभागलाई हस्तान्तरण गरेको हो ।
जाजरकोटदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको ११८ किलोमिटर सडकको ट्रयाक खोलेर ०७५ मङ्सिर ४ गते औपचारिक उद्घाटन गरिएको जाजरकोट डोल्पा सडक एक वर्षपछि आज हस्तान्तरण भएको छ ।
नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले सडक डिभिजन कार्यालय चौरजहारीका उपप्रमुख नरेन्द्रप्रसाद भट्टलाई हस्तान्तरण गरेका हुन् ।
कठिन भौगोलिक चुनौतीका बाबजुत पनि नेपाली सेनाको अहोरात्र खटाइलेमात्र १४ वर्षपछि डोल्पासम्म सडक पु¥याउन सफल भएको जाजरकोट डोल्पा सडक निर्माणका कार्यदल प्रमुख पहाडीले जानकारी दिए ।
कार्यदल प्रमुख पहाडीले सडक निर्माणका क्रममा सहयोग गरेको भन्दै डोल्पाली जनता, राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन, नागरिक समाज, सञ्चारकर्मी सबैलाई आभार प्रकट गरेका थिए ।
त्यसैगरी भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सेनाले गरेको कामको प्रशंसा गर्दै आगामी आर्थिक वर्षभित्र जाजरकोट डोल्पा सडकखण्डमा पर्ने खदाङस्थित भेरी नदीमाथि र त्रिपुराकोट बगरस्थित भेरीनदी गरी दुई वटा बेलिब्रिज निर्माण गरिने बताए ।
देशका ७७ वटै जिल्लामा कालोपत्रेसहितको सडक पु¥याउने सरकारको लक्ष्य रहेकाले अबको दुई वर्षभित्रै सडक स्तरोन्नतिको काम शुरु गरिनेसमेत सचिव कार्कीले बताए । रक्षा मन्त्रालयका सहसचिव शन्तबहादुर सुनारले अटुट हिक्कम र सबैको सहयोग भए जस्तोसुकै कठिन कार्य पनि सम्पन्न गर्न सकिने उदाहारण नेपाली सेनाले दिएको बताए ।
सडक हस्तान्तरण कार्यक्रममा सिङ्गो डोल्पालीको तर्फबाट जिल्ला समन्वय समिति उपप्रमुख नरबहादुर बुढाले सेनाले डोल्पालीको भाग्यरेखा कोरेको बताउँदै दुनैसम्म सिधा यातायात सञ्चालनका लागि पुल निर्माणसँगै स्तरोन्नति गरिनुपर्ने बताए ।
त्रिदेशीय व्यापारिक मार्गको रुपमा समेत नामकरण गरिएको जाजरकोट डोल्पा सडकको रणनीतिक महत्व झल्काउन दुनैदेखि धोहुँदै मोरिम्सम्म सडक निर्माणको जिम्मा नेपाली सेनालाई नै दिनुपर्ने उनको बताए ।
एक वर्ष अघि निर्माण कार्य सम्पन्न गरेको जाजरकोट–डोल्पा सडक र निर्माणाधीन दुनै–मोरिम्ला सडकको समेत सेनाको हेलिकप्टरबाट अनुगमन गरिएको छ ।
अरु समाचार
सेनाका विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौंको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान...
प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र...
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप र...
सुर्खेतको जनताको उपचारमा नेपाली सेना
सुर्खेतको जनताको उपचारमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संच...
प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन
प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली गरे पछि सकल दर्जालाई...
नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम...
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका ...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका लागि सिफारिसमा परेका छन। ...
सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ
चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिर...
नयाँ प्रधानसेनापतिलाई नियुक्तिपत्र
रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मा...