डाक्टर केसीलाई लिन सेनाको हेलिकोप्टर डडेलधुरामा

डाक्टर केसीलाई लिन सेनाको हेलिकोप्टर डडेलधुरामा

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आठ दिनदेखि डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीलाई ल्याउन काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर गएको छ।

आइतबार डडेलधुरा अस्पतालले उनको स्वास्थ्य अवस्था गम्भिर भएको भन्दै विज्ञप्ति जारी गरेपछि आज नेपाली सेनाको हेलिकोप्टर डडेलधुरा पुगेको हो ।

स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार टिचिङ र वीर अस्पतालमा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको बताइएको छ । वीर अस्पतालको आईसियु पनि खाली राखिएको अस्पताल प्रशासनले जनाएको छ । तर, केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेको बताइएको छ ।

कात्तिक १८ देखि डाक्टर केसी डडेल्धुरामा १७ औं अनसनमा बसेका छन्। पहिला निजी घरमा अनसन बसेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार जिल्ला अस्पताल सारिएको थियो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.