डाक्टर केसीलाई लिन गएको सेनाको हेलिकोप्टर रित्तै फर्कियो

डाक्टर केसीलाई लिन गएको सेनाको हेलिकोप्टर रित्तै फर्कियो

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आठ दिनदेखि डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीलाई लिन काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्किएको छ।

डा केसीले जबरजस्ती अन्यत्र नजाने अडान लिएको र स्थानीयले डा केसीको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकोप्टर रित्तै फर्किएको हो।

अनसनका कारण डा केसीको स्वास्थ्य बिग्रिएपछि सरकारले उनलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो।  तर, सहमति विपरीत डा केसीलाई लैजान नदिने भन्दै स्थानीयले बिहानदेखि नै डडेल्धुरामा प्रदर्शन गरिरहेका छन्।

कात्तिक १८ देखि डाक्टर केसी डडेल्धुरामा १७ औं अनसनमा बसेका छन्। पहिला निजी घरमा अनसन बसेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार जिल्ला अस्पताल सारिएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.