काठको मुडाले लागेर सेनाका हवल्दारको मृत्यु

काठको मुडाले लागेर सेनाका हवल्दारको मृत्यु

डोटीमा काठको मुडाले लागेर नेपाली सेनाका एक हवल्दारको मृत्यु भएको छ।

मृत्यु हुनेमा दिपायल पृतनामा रहेको गुरुबक्स गुल्ममा कार्यरत लाँलीकाँडा गाउँपालिका–६ दैलेखका ३५ वर्षीय जगतजंग थापा रहेका छन्।

सोमबार बिहान ब्यारेक नजिकैको हजारेको डाँडाको वनबाट फाईरिङ तालिम सकेर खाना खान फर्कने क्रममा माथिबाट पल्टेर आएको मुडाले लागेर उनको मृत्यु भएको हाे ।

मुडाले टाउकामा लागेर गम्भिर घाईते भएका थापाकाे दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको हो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.