ठोरी गाउँपालिकाको डोजर र चालक सेनाको नियन्त्रणमा

ठोरी गाउँपालिकाको डोजर र चालक सेनाको नियन्त्रणमा

पर्साको ठोरीमा बाटो मर्मत गरिरहेको ठोरी गाउँपालिकाको डोजर चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटेको नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

वडा नम्बर २ मा सडक स्तरोन्नतिका लागि ठुटेखोलाबाट ग्राभेल लोड गर्दै गरेको अवस्थामा नेपाली सेनाको इच्छानगर पोष्टमा कार्यरत नेपाली सेनाले डोजरसहित चालकलाई नियन्त्रणमा लिएको वडा सदस्य श्यामहरि शर्माले जानकारी दिए ।

माथिको आदेश भन्दै सेनाले सडक स्तरोन्नतिका लागि प्रयोग भइरहेको डोजर र चालकलाई नियन्त्रणमा लिएको उनले बताए । गाउँपालिकाको डोजर र चालकलाई नियन्त्रणमा लिएर इच्छानगर पोस्टमा राखेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जले भने स्थानीय तहले प्रक्रिया नपुर्याइ नदीजन्य पदार्थ उत्खनन् गरिरहेको भन्ने प्रारम्भिक सूचनाको आधारमा डोजर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.