अत्यधिक जाडोलाई मध्यनजर गर्दै न्यानो बाँड्दै नेपाली सेना

अत्यधिक जाडोलाई मध्यनजर गर्दै न्यानो बाँड्दै नेपाली सेना

महोत्तरी जिल्लामा नेपाली सेनाले अत्यधिक जाडोलाई मध्यनजर गर्दै आज बिहान विभिन्न ठाउँमा दाउरा बाल्नुका साथै सर्वसाधारणलाई तातो चिया उपलब्ध गराएको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका र पिपरा गाउँपालिकासहितका विभिन्न ठाउँमा दाउरा बाल्नुका साथै सर्वसाधारणलाई तातो चिया उपलब्ध गराएको हाे ।

नेपाली सेनाले जलेश्वर नगरपालिकाको शङ्करचोक, दुर्गाचोक, बुद्धिजीवीचोक, अस्पतालचोक, परिकौलीचोक, जिरोमाइलचोक, त्यस्तै पिपराको मुख्यचोक, महोत्तरीको पर्साचोकलगायतका सार्वजनिक स्थानमा सर्वसाधारणलाई जाडोबाट बचाउनका लागि दाउरा बालेको तथा त्यहाँका सयौँ व्यक्तिलाई तातो चिया खुवाएको गणपति विदुर अधिकारीले बताउनुभयो ।

यसरी जिल्लामा शीतलहर, चिसो हावा र कठ्याङ्ग्रिँदो जाडो भइरहेको बेला नेपाली सेनाले न्यानो बाँड्दै हिँडेपछि बाटोमा जीवन बिताउने, न्यानो लुगाफाटाका अभाव भएका तथा स्थानीय बासिन्दासहित लाभान्वित भएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.