हिउँपहिरोमा बेपत्ता कोरियन र नेपाली खोज्न सेना परिचालन

हिउँपहिरोमा बेपत्ता कोरियन र नेपाली खोज्न सेना परिचालन

कास्कीको अन्नपूर्ण बेस क्याम्प नजिक हिउँपहिरोमा परी बेपत्ता भएका कोरियन पर्यटक र नेपाली गाईडहरुको खोज तथा उद्धारको लागि नेपाली सेनाको उद्धार टोली खटिएको छ ।

उक्त टोलीले प्राप्त सूचना, नेपाली गाईडका आफन्त तथा घटनास्थल नजिकै रहेको होटलको सहयोगमा खोजी कार्य जारी राखेको हो ।

हराएकाहरु हिउँमै पुरिएको आशङ्का गरिएको छ । कोरियाली उद्धार टोलीले ल्याएको प्रविधिले बेपत्ता भएकाहरु हिउँमै पुरिएको सङ्केत गरेको हो ।

गएको शुक्रबार भएको हिमपात र हिमपहिरोको कारण बेपत्ता भएका तीन नेपाली र चार कोरियाली पर्यटकसहित सात जनाको खोजी कार्य भइरहेको छ । त्यो क्षेत्रमा अत्यधिक हिउँ परेको कारण पग्लन समय लाग्ने बताइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.