नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्त सैन्य अभ्यास हुने

नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्त सैन्य अभ्यास हुने

नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्त अभ्यास हुने भएको छ।

काठमाडौंमा फागुन ५ गतेदेखि सुरू हुने संयुक्त अभ्यास चैत ६ गते सकिने सैनिक स्रोतले जनाएकाे छ । अभ्यास छाउनी र नगरकोटमा हुनेछ।

एक महिनाको दौरानमा दुई देशका सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेहरूको उद्धार र सहरी विद्रोह नियन्त्रणबारे अभ्यास हुने सैनिक स्रोतले जानकारी दिएको छ।

संयुक्त अभ्यासमा अमेरिकी सेनाका ९ जना र नेपाली सेनाका ३६ जना सहभागी हुनेछन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.