मन्त्रीको पहलमा सेनाको जहाज मार्फत सुत्केरीको उद्धार

मन्त्रीको पहलमा सेनाको जहाज मार्फत सुत्केरीको उद्धार

कैलालीको धनगढीमा सुत्केरी भएर अत्यधिक रक्तस्राव भइ छट्पटाइरहेकी एक महिलाको सेनाको जहाज (स्काई ट्रक)मार्फत उद्धार गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा मंगलबार डोटीको दिपायल सिलगढी नगरपालिकाकी २५ वर्षीया अरुणा भण्डारीको उद्धार गरिएको हो ।

डोटीको जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माएकी भण्डारीको अत्यधिक रक्तस्राव भएपछि आइतबार सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो । धनगढीमा पनि रक्तस्राव नरोकिएपछि उनलाई सामाजिक विकासमन्त्री कृष्णराज सुबेदीको पहलमा काठमाडौं लगिएको हो ।

सामाजिक विकास मन्त्रालयले प्रदेशमा एयर लिटिङ कार्यक्रमअन्तरगत जटिल गर्भवती र सुत्केरी अवस्थामा रहेका महिलाहरुलाई उद्धार गर्ने गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.