सेनाले सञ्चालन गरेको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न

सेनाले सञ्चालन गरेको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपाली सेनाले सञ्चालन गरेको पाँच दिने रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

माघ १९ गतेदेखि श्री उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतमा सञ्चालन भएको ५ दिने कार्यक्रम आज हेडक्वाटरका पृतनापति उपरथी सरोज प्रताप राणाले एक कार्यक्रमबीच समापन गरेका हुन् ।

नेपाली सेनासम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको नेपाली सेनाले जनाले जनाएको छ ।

सुर्खेतका विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.