पाँचदिने नेपाल भ्रमण सकेर फर्किए बंगलादेशी सेना प्रमुख

पाँचदिने नेपाल भ्रमण सकेर फर्किए बंगलादेशी सेना प्रमुख

पाँच दिने नेपाल भ्रमण पूरा गरी बंगलादेशका प्रधान सेनापति अजिज अहमद मंगलबार स्वदेश फर्किएका छन् ।

पाँचदिने औपचारिक भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा सेनापति महारथी पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

उनले पोखरास्थित पश्चिम पृतना हेडक्वार्टर, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा केही पर्यटकीय स्थलको निरीक्षण भ्रमण गरेका थिए ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका सहसंयोजक नेपाली सेनाका उपरथी निर्मलकुमार थापाले बिदाइ गरे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.