प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण

प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले मंगलबार नवलपुर जिल्लाको हात्तीखोरस्थित श्री राष्ट्रिय सेवादल मध्य तालिम शिक्षालयमा सञ्चालित सि सं १५ औं व्याच सिनियर डिभिजन नेसनल काडेट क्रप्स ९एनसीसी० तालिमको दीक्षान्त कवाजको निरीक्षण भ्रमण गर्नु भएकाे छ ।

दीक्षान्त कवाजमा थापाले देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकता अभिवृद्धि गर्दै नैतिक र अनुशासित भावी नेतृत्व तयार गर्ने मूल उद्देश्य लिएर नेपाली सेनाले विगत लामो सयमदेखि तालिम संचालन गर्दै आएको बताउनु भयाे ।

उँहाले राष्ट्रिय युवा सशक्तीकरण कार्यक्रम अन्तर्गत सञ्चालित १०० दिनको तालिम सफलतापूर्वक सम्पन्‍न गर्नुहुने सबै क्याडेट छात्ररछात्राहरुलाई बधाई दिँदै देश विकासमा युवावर्गको सहभागिताको महत्त्व बुझेर आफ्ना छात्ररछात्राहरुलाई तालिमको लागि प्रेरित गराउनु हुने अभिभावक, शिक्षकवर्ग एवं शिक्षण संस्थाहरुमा हार्दिक आभार व्यक्त गर्नुभएकाे थियाे ।

समारोहमा उक्त सेवादलका क्याडेट छात्ररछात्राहरुले नृत्य तथा आफ्नो कला प्रस्तुति गरेका थिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.