सेनाले दियो पुल्चोक ईन्जिनियरिङ क्याम्पसलाई हेलिकोप्टर

सेनाले दियो पुल्चोक ईन्जिनियरिङ क्याम्पसलाई हेलिकोप्टर

नेपाली सेनाले पुल्चोक ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलाई आफ्नो एक थान हेलिकोप्टर हस्तान्तरण गरेको छ ।

सेनाले बुधबार आफ्नो एक थान हेलिकप्टर त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ क्याम्पस पुल्चोकलाई हस्तान्तरण गरेको हो । सेनाका सम्भाररथी उपरथी प्रभुराम शर्माले सेवा अवधि पूरा गरेको अलाउटे–३ हेलिकप्टर अध्ययन अनुसन्धानका लागि पुल्चोक क्याम्पसलाई प्रदान गरेको सेनाले जनाएको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेपालमै पहिलोपटक एरोस्पेस इन्जिनियरिङ अध्ययन शुरु भएकोमा त्यसको व्यवहारिक ज्ञानका लागि उक्त हेलिकोप्टर क्याम्पसलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । सेनाले हेलिकोप्टरसँगै त्यससँग सम्बन्धित विभिन्न पाट–पूर्जाहरु समेत प्रदान गरेको छ ।

सेनाले २३ जेठ २०४७ बाट उक्त हेलिकोप्टर सञ्चालनमा ल्याएको थियो हेलिकोप्टरले ४ हजार १ सय २१ घण्टा उडान गरेको थियो भने ९ हजार ७ सय ५२ पटक ल्याण्डिङ गरेको थियो । हेलिकोप्टरको अन्तिम उडान २ चैत २०७५ मा भएको थियो ।

यस प्रकारको कार्यले उक्त अध्ययन संस्थानबाट राष्ट्रको लागी आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सहयोगीसिद्ध हुने विश्वास नेपाली सेनाले लिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.