सेनाले सञ्चालन गरेको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न

सेनाले सञ्चालन गरेको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपाली सेनाले सञ्चालन गरेको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्‍न भएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा फाल्गुन १८ गतेदेखि जंगी अड्डामा सञ्‍चालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रमको आज शुक्रबार जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी बिज्ञान देव पाण्डेले एक कार्यक्रम बीच समापन गर्नु भएकाे हाे ।

नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्‍चालन भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका विभिन्‍न मिडिया हाउसमा कार्यरत २२ जना रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो ।

६ दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्‍न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्‍न युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।

नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रिय तथा सबै पृतना स्तरमा सञ्‍चारकर्मीहरुलाई समावेश गरी रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्‍चालन गर्दै आइरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.