चितवन राष्ट्रिय निकुञ्जमा एक युवकको मृत्यु भएपछि  सेनाले छानबिन सुरू गर्‌यो

चितवन राष्ट्रिय निकुञ्जमा एक युवकको मृत्यु भएपछि सेनाले छानबिन सुरू गर्‌यो

सेनाको कुटाइबाट चितवन राष्ट्रिय निकुञ्जमा एक युवकको मृत्यु भएपछि नेपाली सेनाले छानबिन सुरू गरेको बताएको छ।

शुक्रबार सेनाले विज्ञप्ति जारी गर्दै आफ्नो आन्तरिक छानबिन सुरू गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरूले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने बताएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा सेनाको कुटाइबाट एक युवकको मृत्यु भएको भन्ने समाचार शुक्रबार कान्तिपुर दैनिकले प्रकाशित गरेको थियो।

समाचार अनुसार पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो।

नेपाली सेनाको ध्यानाकर्षण

१. मिति २०७७ श्रावण ०९ गते कान्तिपुर दैनिकमा प्रकाशित चितवन राष्ट्रिय निकुञ्जमा घटेको भनिएको घटनाको बारेमा नेपाली सेनाको ध्यानार्कषण भएको छ ।

२. यस विषयमा नेपाली सेनाले आफ्नो आन्तरिक छानविन शुरु गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरुले गरि रहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने बारे जानकारी गराउदछौं । नेपाली सेना, नेपाल सरकारको कार्यादेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.