सैनिक प्रवक्ता पौडेलसहित ३ अधिकृत पुरस्कृत

सैनिक प्रवक्ता पौडेलसहित ३ अधिकृत पुरस्कृत

नेपाली सेनाका प्रवक्ता (सहायक रथी) सन्तोष बल्लभ पौडेल सहित ३ जना सैनिक अधिकृत पुरस्कृत भएका छन् ।

‘सिपाही बार्षिक–०७६’ र ‘सिवपुरी’ जर्नलमा प्रकाशित उत्कृष्ट लेख रचना गरेबापत उनिहरुलाई जंगी अड्डाले पुरस्कार दिएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित कार्यक्रममा ती दुई वार्षिक प्रकाशनमा छापिएका लेखकमा प्रथम हुने प्रवक्ता एवं सहायकरथी पौडेललाई ५० हजार नगद पुरस्कार र  कदरपत्र प्रदान गरे।

ती जर्नलमा छापिएकामध्ये प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको नेपालको वाणिज्य तथा पारवहन सन्धी सम्बन्धी  तथा  प्रमुख  सेनानी सुधिरप्रताप सिंहको  एशिया प्रशान्त रणनीति विश्लेषण र मार्गचित्र सम्वन्धी लेख क्रमश द्वितीय  र तृतीय घोषित भए। समारोहमा द्वितीय र तृतीय हुने लेखकलाई क्रमशः ३५ हजार र  २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रम कोभिड–१९ सुरक्षा मापदण्ड अवलम्बन गरेर आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.