प्रधानसेनापति भारत जाँदै

प्रधानसेनापति भारत जाँदै

प्रधानसेनापति भारत जाँदै

प्रधानसेनापति पूर्णचन्द्र थापा आगामी  ११ जनवरी   भारत भ्रमणमा जाने भारतको सरकारी समाचार एजेन्सी पीटीआईले  जनाएको छ ।

उनले सो अवसरमा भारतका राट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको सम्मानार्थ महारथीको पदवी ग्रहण गर्नेछन् ।

नेपाल र भारतबीच सन् १९५० देखि नै एक अर्का देशका सेनापतिले सम्मानार्थ महारथीको पद ग्रहण गर्ने चलन रहेको छ । यसअघि भारतका प्रधानसेनापति विपीन रावतले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग यसै खालको सम्मानार्थ महारथीको पद गएको जुलाई महिनामा ग्रहण गरेका थिए ।

प्रधानसेनापति थापाले भारतमा रहँदा त्यहाँका रक्षामन्त्री निर्मला सीतारमणसँग समेत भेट्नेछन् । ६ दिने भ्रमण सकेर प्रधानसेनापति १६ जनवरी स्वदेश फर्कने पीटीआईको सो समाचारमा उल्लेख छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.