नेपाली सेनाका ५ सेनानी महासेनानीमा बढुवा

नेपाली सेनाका ५ सेनानी महासेनानीमा बढुवा

गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाली सेनाका ५ जना सेनानी महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको ५ जना सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद् बैठकले सेनानी प्रज्वल शमसेर रायमाझीसहितका ५ जनालाई महासेनानीमा बढुवा गरेको हो। बढुवा हुनेमा  सुवासजंग थापा, गौरब गुरुङ, ध्रुब कार्की र अमृतकाजी गुरुङ रहेका छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.